उत्तर कोरियाको मुद्धा चाँडै समाधान गर्न अमेरिकी राष्ट्रपतिको चीनलाई आग्रह

२४ कार्तिक २०७४, शुक्रबार ०६:३२ मा प्रकाशित

बेइजिङ, २३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गर्नुभएको छ ।

हाल चीनको भ्रमणमा बेइजिङमा रहनुभएका उहाँले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई सो अग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो– चीनले उत्तर कोरियाको समस्या समाधानका लागि जतिसक्दो चाँडै अग्रसरता लिओस र कडा मेहनेतका साथ काम गरोस भन्ने अमेरिका चाहन्छ ।

उहाँले समय छिटो छिटो अघि बढिरहेको छ तर उत्तर कोरिया भने आणविक सङ्कट झन चर्काउँदै छ, त्यसैले समाधानको बाटो पनि चाँडै खोजिनुपर्दछ ।

चिनियाँ राजधानी बेइजिङमा चीनका व्यापारिक प्रतिनिधिमण्डललाई सम्बोधनगर्दै उहाँले चीनलाई सो आग्रह गर्नुभएको हो । उहाँ बुधबार चीन पुग्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भन्नुभयो– मैले तपाईंहरुका महान राष्ट्रपतिलाई यो भनिरहेको छु कि जतिसक्दो चाँडै कोरिया सङ्कट समाधानको पहल होस् समय धेरै अघि बढिसकेको छ ।

बिहीबार राष्ट्रपति ट्रम्पले विभिन्न मञ्चलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको छ । उहाँले यहाँका नेता तथा उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा उहाँ निकै आक्रामक बन्दै आउनुभएको छ । राष्ट्रपति ट्रम्पले बुधबार मात्र पनि दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै उत्तर कोरियालाई क्रुर एवम् तानाशाहको संज्ञा दिनुभएको थियो ।

उहाँले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गर्नुभयो । उहाँले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गर्नुभएको थियो ।

सो आग्रह राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति चिनफिङसँगको भेटका क्रममा पनि दोहो¥याउनुभएको थियो । उहाँले चीनका व्यापारिक प्रतिनिधिमण्डल हुन् वा जुनसुकै मञ्चलाई सम्बोधन गर्ने क्रममा पनि सो धाराण राख्ने गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा मङ्गलबार मात्र गर्नुभएको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गर्नुभएको थियो ।

कोरियाली प्रायद्वीप र अफगान मुद्धामा समन्वय हुन्छ– राष्ट्रपति चिनफिङ

यसैबीच चिनियाँ राष्ट्रपति सि चिनफिङले कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्धामा चीनले अमेरिकासँग समन्वय गर्ने बताउनुभएको छ ।

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति चिनफिङले भन्नुभयो– ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ ।

बिहीबार उहाँहरुबीचको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गर्नुभएको बताइएको थियो ।

उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।