उम्मेदवारको जोड मतदाता शिक्षामा

२४ कार्तिक २०७४, शुक्रबार १३:२४ मा प्रकाशित

हेटाँैंडा, २४ कात्तिक ः आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले मतदाता शिक्षामा जोड दिएका छन् ।

स्थानीय तह निर्वाचनमा हेटाँैंडा उपमहानगरपालिकामा भएको अत्यधिक मत बदरको कारण यसपटक सबै दल तथा तिनका उम्मेदवारले मतदाता शिक्षामा जोड दिएका हुन् । उनीहरु नमूना मतपत्रको पर्खाइमा छन् ।

नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने विगतको गल्तीबाट पाठसिकेकाले आफ्ना भातृ संगठनलाई मतदाता शिक्षाका लागि खटाएको बताउनुहुन्छ । “यसपटक हामी गल्ती दाहोरिन दिदैनौं, मतदाता शिक्षामा जोड दिएका छौँ ।”

नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्लेलले टोल टोलमा एमाले र (माओवादी केन्द्र)को संयुक्त टोली मतदाता शिक्षाका लागि परिचालन गरिएको बताउनुभयो । उहाँले निर्वाचन कार्यालय मकवानपुरले नमूना मतपत्र वितरण गर्ने वित्तिकै टोलीले अभियानलाई थप तीव्रता दिने बताउनुभयो ।

यस्तै, नेकपा (माओवादी केन्द्र) मकवानपुरकी इञ्चार्ज एवं मकवानपुर क्षेत्र नं २ प्रदेश सभा (ख)की उम्मेदवार कुमारी मोक्तनले वाम गठबन्धनको चुनावी अभियानको लागि एमाले र माओवादी केन्द्रले गठन गरेको संयुक्त टोलीले हरेक मतदातालाई मतदान गर्ने तरिका सिकाउने गरेको बताउनुभयो ।

राप्रपा नेपालले पनि निर्वाचन कार्यालयको मात्र भर नपरी आफ्ना सबै कार्यकर्तालाई मतदाता शिक्षामा खटाउने निर्णय गरेको सो पार्टीका जिल्ला अध्यक्ष गणेश थापाले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।

शिक्षा