गाईपालन व्यवसायबाट मनग्य आम्दानी

२४ कार्तिक २०७४, शुक्रबार ११:०२ मा प्रकाशित

इटहरी, २३ कात्तिक ः नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले आर्थिक समृद्धिको अभियान नै आफ्नो प्रमुख मुद्दा भएको बताउनुभएको छ ।

इटहरी उपमहानगरपालिकामा आयोजित चुनावी कोणसभामा उहाँले भन्नुभयो – “ सोहि अभियानअन्तर्गत आफूले लामो समयदेखि पूर्वी तराईका जिल्लामा गरिबी निवारणका लागि लघुवित्त कार्यक्रममार्फत आत्मनिर्भर अभियान सञ्चालन गर्दै आएकी छु ।”

सुनसरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएकी नेतृ चौधरीले विपन्न, गरिब र सिमान्तकृत समुदायको आर्थिक अवस्थामा सुधार ल्याई मुलुकमा आर्थिक समृद्धि गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, उद्योग कलकारखाना, रोजगारी सिर्जनासँगै गरिबी निवारणका क्षेत्रमा आमूल परिवर्तन गर्ने प्रमुख उद्देश्यका साथ चुनावमा सहभागी भएर जनताको घरदैलोमा आएको छु भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।