चीनसँगको ‘बढ्दो मित्रत्रा’प्रति ट्रम्पको प्रसंशा

२४ कार्तिक २०७४, शुक्रबार ०६:२० मा प्रकाशित

बेइजिङ, चीन, २३ कात्तिक  ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रसंशा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी

भोजमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई ‘टोस्ट’ दिँदै भन्नुभयो, “हामीबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जानेछ ।”

चिनियाँ परम्परागत शैलीका सामग्रीले सजाइएको गोल्डेन हलमा भएको भोजमा निकै प्रफुल्ल मुद्रामा उपस्थित अमेरिकी राष्ट्रपति र प्रथम महिलालाई गत फेब्रुवरीमा अमेरिकाको फ्लोरिडामा चीनका राष्ट्रपतिलाई गरिएको सम्मानको भिडियो पृष्टभूमिमा देखाइएको थियो ।

त्यसैगरी चिनियाँ राष्ट्रपति सीले पनि आफ्ना अमेरिकी समकक्षीलाई टोस्ट दिँदै चीन र अमेरिकाबीचको सम्बन्ध आजका दिनसम्म आइपुग्दा निकै मित्रवत बनेको बताउनुभयो । सो अवसरमा सीले दुई देशले “सीमित चुनौति र विकासका लागि अनन्त सम्भावना” सामना गरिरहेका बताउनुभयो ।

समारोहमा उपस्थित अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भन्नुभयो, “चीनसँग व्यापार सम्झौताका बिषयमा भएका छलफलले दुई मुलुकबीचको भिन्नतालाई निकै साँघुरिएको छ ।” टिलरसनले राष्ट्रपतिको चीन भ्रमणको दोस्रो अर्थात् अन्तिम दिन अझै धेरै काम गर्न बाँकी रहेको छ ।

यसपहिले अमेरिकी राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीच असमान व्यापार अभ्यास भइरहेको र यसले अमेरिकाले चीनसँगे व्यापार घाटा व्यहोर्नूपरेको बताउनुभएको थियो । तर व्यापारमा चीनले गरेको नाफाबारे धेरैलाई अचम्म पार्दै ट्रम्पले त्यसमा चीन दोषी नभएको बताउनुभयो र भन्नुभयो,“आफ्ना नागरिकको हितका निम्ति कुनै देशले अर्को देशसंग फाइदा लिनुलाई खराब भन्न मिल्दैन । ”

यसमा विगतका अमेरिकी प्रशासनहरु नै चीनसँगको एक पक्षीय र पक्षपातपूर्ण व्यापार सम्बन्धका निम्ति जिम्मेवार रहेको ट्रम्पको दावी थियो । ट्रम्पले चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई उत्तर कोरियालाई परमाणु निरस्त्रीकरणमा मनाउन थप मिहेनत गर्न पनि अनुरोध गनुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।