दलहरुद्वारा चुनावी चहलपहल तीव्र

२२ कार्तिक २०७४, बुधबार ११:०७ मा प्रकाशित

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि बाँके जिल्लामा चुनावी चहलपहल तीव्ररुपमा शुरु भएको छ ।

निर्वाचन कार्यालयमा बागी उम्मेदवारले उम्मेवारी फिर्ता लिएपछि र निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेसँगै चुनावी माहोल शुरु भएको हो ।
चुनावलाई लक्षित गरी जिल्लाका सबै राजनीतिक दलले चुनावी अभियानलाई अगाडि बढाउँदै भोट माग्न गाउँ केन्द्रित भएका छन् । मतदातालाई अहिले धान भित्र्याउने कामको चटारो भए पनि उम्मेदवार मत माग्नमा व्यस्त देखिन्छन् ।

जिल्लाका लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । ठूलादेखि साना दलहरु मत माग्नका लागि गाउँगाउँ पुग्ने गरेका छन् । चुनावी सभा र घरदैलोमार्फत उम्मेदवारले मत माग्ने काम गरिरहेका छन् ।

जिल्लामा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र मधेशीकेन्द्रित दलबीच प्रतिष्पर्धा हुने आँकलन गरिएकाले उनीहरुले प्रचारप्रसारमा बढी जोड दिएका छन् ।

दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाँकेमा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र तोकिएको छ भने जिल्लामा दुई लाख ७६ हजार ७१८ मतदाता रहेको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।