पर्साको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका प्रत्याशी तथा पुर्व मन्त्री अजय कुमार चौरसियाको गाडीमा बम प्रहार भएको छ । विरगंज महानगरपालिका वडा नम्बर १९ बर्वा गोगमा कोणसभा चलीरहेको बेला उनी चढने गाडीलाई लक्षीत गरी अज्ञात समुहले पार्किङमा राखिएको गाडीमा बम प्रहार गरएका थिए ।
बम बिस्फोट बाट नेता तथा कार्यकर्तालाई क्षति नपुगेपनी गाडी क्षतिग्रस्त भएको छ । यो बिस्फोट कले र कुन उदेश्यको लागि गरएको हो भन्ने अनुसन्धान भई सकेको छैन । बम विस्फोट पश्चात पनी स्थानीय को उल्लेखनीय सहभागिताका बिच कोणसभा जारी रहेको र कांग्रेस लाई जिताउन मतदाताहरू उतसाहित देखिएका थिए ।
तपाईंको प्रतिकृयाहरू