काँग्रेसद्वारा बागी उम्मेदवारको सदस्यता खारेज

२२ कार्तिक २०७४, बुधबार १०:४४ मा प्रकाशित

नेपाली काँग्रेस रुपन्देहीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरीत बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको जनाएको छ ।

नेपाली काँग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एकजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको हो ।

पार्टीको विधानअनुसार रुपन्देही क्षेत्र नं १ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल तथा उहाँका प्रस्तावक खुमलाल गौतम र समर्थक नीमबहादुर थापाको पार्टी सदस्यता खारेज गरेको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो ।

त्यस्तै क्षेत्र नं ३ को १ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, उहाँका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं ३ को २ बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेस बिपी पार्टीबाट उम्मेदवारी दिएका डोलराज भुसाल तथा उहाँका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गरेको सभापति रज्जाकले जानकारी दिनुभयो ।

त्यस्तैगरी रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका अमृतलाल भट्टराई र उहाँका प्रस्तावक शालिकराम पाण्डे तथा समर्थक दिनेशप्रसाद पाण्डे, क्षेत्र नं ४ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि वीरेन्द्र कलवार उहाँका प्रस्तावक सीताराम पाल तथा समर्थक मनोजकुमार कलवार, क्षेत्र नं ५ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि अमेरिका कोहार तथा उहाँका प्रस्तावक कलामुद्धिन मुसलमान र समर्थक दिनेशचन्द्र बर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।

सभापति रज्जाकले पार्टीको नीति तथा हितविपरितका गतिविधि गर्नेलाई तत्काल कारबाही गरिने पनि बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।