पाकिस्तानमा बस दुर्घटनामा २२ को मृत्यु

२४ कार्तिक २०७४, शुक्रबार ०६:२१ मा प्रकाशित

इस्लामाबाद, २३ कात्तिक  ः पाकिस्तानको एट्टोक जिल्लामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

बस सडकबाट खाल्डोमा खसेका कारण २२ को ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

पञ्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान क्षेत्रमा स्थानीय समय अनुसार राती १० बजेतिर दुर्घटना भएको प्रहरीको भनाई छ ।

स्थानीय बासीन्दा, प्रहरी र उद्धारकर्ताहरुले घाइतेहरुलाई अस्पताल पुर्याएका छन् भने दुर्घटनास्थलबाट शवहरु बाहिर निकालेका छन् । मृतकमध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

अहिले पनि केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरुले बताएका छन् ।

प्रान्तीय राजधानी लाहोरमा हुन लागेको धार्मिक सभामा सहभागी हुन एउटै बसमा ८२ जना यात्रु जादै गरेका थिए ।

बसमा धेरै यात्रु र तिब्र गतिका कारण बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।