फेरी पनि जनताको मुटुमा आफ्नो स्थान बनऊन सफल देखिए अजय चौरसिया

३० कार्तिक २०७४, बिहीबार ०६:१९ मा प्रकाशित

वीरगञ्ज, ३० कत्तिक पर्सा: भब्य स्वागतका बिच पर्सा निर्वाचन क्षेत्र न. २ नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका उम्मेदवार अजय चौरसिया र प्रदेश सभाका उम्मेदवार राजेशवर साहले झाबाराहा लगयतका क्षेत्रमा घर दैलो कार्यक्रम सम्पन्न गरेका छन । आदरपूर्वक नमस्ते गर्दै सञ्चो, बिसञ्चो र गाउँका दुःख, सुख सम्म सोध्न भ्याएका लोक्प्रिय नेता तथा पुर्ब मन्त्री चौरसिया सधै जस्तो आफ्नो बिनम्र शैलिबाट जनताको मन जित्ने चौरसिया फेरी पनि जनताको मुटुमा आफ्नो स्थान बनऊन सफल देखिए । कार्यक्रमा चौरसिया र शाह लगायत ने.बि.संघ ,तरुणदल र महिलासंघको पनि उपस्थिति थियो ।

घर दैलो कार्यक्रमको केहि झालकहरु :-

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।