राष्ट्रिय नृत्य प्रतियोगिता गरिने

२४ कार्तिक २०७४, शुक्रबार १३:२९ मा प्रकाशित

जनकपुरधाम, २४ कात्तिक ः त्यसैगरी नयाँ प्रतिभाको पहिचान, प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यले मिथिला फिल्म प्रोडक्सनले आगामी मंसिर महिनादेखि ‘डान्स नेपाल डान्स’ नामक राष्ट्रिय नृत्य प्रतियोगिता गर्ने भएको छ ।

नेपाली ,मैथिली र भोजपुरी गीतमा आधारित सो प्रतियोगिताका लागि नेपालको ७५ वटै जिल्लाबाट कलाकार छनोट गरिने जनाइएको छ ।
उक्त संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालक मनोज मैथिलले नृत्य प्रतियोगितामा १४ देखि २५ वर्षका एकल वा जोडीले भाग लिन पाउने जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, द्वितीयलाई रु ४१ हजार र तृतीयलाई २१ हजार पुरस्कार दिइने छ । धनुषा जिल्लाको जनकपुरधामबाट छनोट प्रक्रिया शुरू भई क्रमशः अन्य जिल्लामा पनि छनोट गरिने बताइएको छ ।

नृत्यको अन्तिम प्रतियोगिता जनकपुरधाममा हुने र सोको नेपाल टेलिभिजन र स्थानीय अप्पन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने मैथिलले बताउनुभयो । कलाकार पूजा पासवानले सो प्रतियोगितामा तेस्रो लिंगीले पनि भाग लिनसक्ने प्रावधान रहेको जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।

मनोरञ्जन