रेबिजविरुद्धको विशेष भ्याक्सिन उपलब्ध नहुुँदा समस्या

२४ कार्तिक २०७४, शुक्रबार १२:१३ मा प्रकाशित

रौतहट, २४ कात्तिक ः स्याल टोकाइविरुद्धको भ्याक्सिन अभावमा रौतहटमा कतिपय बिरामीेले अकालमै ज्यान गुुमाउनुु परेको छ । कतिपयलाई भने उपचारका लागि धेरै रकम खर्चेर वाहिर जानुपर्ने बाध्यता छ ।

स्यालको सामान्य टोकाइविरुद्धको एन्टी रेबिज भ्याक्सिन जिल्ला अस्पताल गौरलगायत निजी पसलमा पाइने भए पनि गम्भीर अवस्थामा लगाइने एचआरआइजी ह्युुमन रेबिज इमियुुनो ग्लोबिलिन नामक भ्याक्सिन सरकारी अस्पतालका साथै निजीस्तरमा पनि नपाइने हुुँदा बिरामीले अकालमै ज्यानसमेत गुुमाउने गरेका छन् ।

जिल्ला अस्पताल गौरका प्रमुुख डा कृष्ण साहका अनुुसार स्याल, कुकुुर, बाँदरको सामान्य टोकाइमा लगाइने एन्टी रेबिज भ्याक्सिन प्रायः सधैँभरि अस्पतालमा उपलब्ध भए पनि गम्भीर प्रकृतिका बिरामीलाई लगाइने ह्युुमन इमियुुनो ग्लोबिलिन एचआरआइजी नामक अति महँगा भ्याक्सिन जिल्ला अस्पतालका साथै निजी क्लिनिक तथा फार्मेसीमा पनि नपाइने हुुँदा त्यस्ता बिरामीलाई सघन उपचारका लागि काठमाडौँस्थित टेकुु अस्पतालमा सिफारिस गदै आएको बताउनुभयो ।

केही दिनअघि मात्र कटहरिया नगरपालिका–१ भसेढवा ढोलबाजा टोलका बालकिशोर दासका ३० वर्षीया श्रीमती सुुनैना देवी र २० वर्षीय भाइ राजकिशोर दासलाई आफ्नै घर बाहिर बहुुलाहा स्यालले टोकेको थियो । घाइते दुुवैजनालाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पतालमा लैजाँदा त्यहाँ उपचार सम्भव नहुुने बताउँदै चिकित्सकले काठमाडौँस्थित टेकुु अस्पताल पठाएको थियो ।

टेकुु अस्पतालमा लैजाँदा त्यहाँबाट थप उपचारका लागि सिवेक अस्पताल लाजिम्पाट सिफारिस गरी पठाएकोे थियो । स्याल टोकाइविरुद्धको एचआरआइजी नामक भ्याक्सिन दुुवैजना बिरामीलाई लगाउँदा रु दुुई लाख १० हजार ९६३ पर्ने सो अस्पतालले जनाएपछि रकम अभावमा आफूुहरु निराश भएको बिरामीका अभिभावक बालकिशोर दासले बताउनुभयो ।

आफू अति विपन्न परिवारको भएको र उक्त रकम तिर्न नसक्ने अवस्थामा रहेको भन्दै जीवन रक्षाका लागि आग्रह गर्दा सो अस्पतालले विशेष छुुट गरेर रु ७५ हजार ३४३ मा मात्र दुवैजना बिरामीलाई सो भ्याक्सिन लगाइदिएको दासले बताउनुभयो ।

रु दुुई लाखभन्दा बढी पर्ने उक्त भ्याक्सिन गरिब बिरामीको ज्यान जोगाउन अस्पतालका चिकित्सक, कर्मचारी र उपचार गराउन आउने सम्पन्न बिरामीको आर्थिक सहयोगबाट कम मूुल्यमा उपलब्ध गराउँदै आएको सिवेक अस्पतालका कर्मचारी स्मृति तुुलाधरले जानकारी दिनुभयो ।

बहुुलाहा स्यालको टोकाइबाट उपचारका लागि समस्यामा पर्ने दास परिवार पहिलो होइन, पटक–पटक स्याल आतंक हुँुदै आएको रौतहटमा उपचारका लागि दास परिवार जस्तै समस्यामा पर्ने दर्जनौँ बिरामी छन् ।

गत वर्ष स्यालको टोकाइबाट गम्भीर घाइते भएका गरुडा नपा महमदपुरका शिक्षक वसन्त यादवको समयमै उपचार हुन नसकी मृत्युु भएको थियो ।

कतिपय बिरामी थप उपचारका लागि समयमै राजधानी काठमाडाँै पुुगेर पनि अत्यधिक महँगा भ्याक्सिन खरिद गर्न नसकेर पनि बिरामीको मृत्युु हुने गरेको कटहरिया गाविसका पूुर्व अध्यक्ष जादोलाल महताले बताउनुुभयो ।

मानव जीवन रक्षा गर्ने अति उपयोगी एचआरआइजीजस्ता भ्याक्सिन सरकारले प्रत्येक जिल्लामा निःशुुल्क उपलब्ध गराउन पहल गर्नुपर्ने यहाँ बुुद्धिजीवीको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।