नेपालगन्ज, २३ कात्तिक ः राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशम्शेर राणाले लोकतन्त्रको अस्तित्व जोगाइराख्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक दलबीच चुनावी गठबन्धन भएको दोहो¥याउनुभएको छ ।
लोकतान्त्रिक गठबन्धनमा सामेल नेपाली काँग्रेस र राप्रपाको संयुक्त प्रचारप्रसार भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यदि नेपालमा कम्युनिष्ट शासन स्थापना भयो भने नागरिकहरुको नैसर्गिक अधिकार खोसिने, मानवअधिकारको संरक्षण, संबद्र्धन नहुने र लोकतन्त्रसमेत गुम्ने अवस्था आउन सक्छ ।” नेपालगञ्ज उपमहानगरपालिका प्रमुख राणाको थप भनाइ थियो, “विश्व राजनीतिमा क्रमशः लुप्त प्रायः हुँदै गएको कम्युनिष्ट व्यवस्था नेपालमा स्थापना भएमा मुलुक र मुलुकबासीले ठूलो मूल्य चुकाउनुपर्नेछ ।”
सो अवसरमा काँग्रेस नेत्री एवं लोकतान्त्रिक गठबन्धन बाँके जिल्ला प्रचारप्रसार समितिका संयोजक किरण कोइरालाले नेपालको लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई दिएको अधिकार र समृद्धिलाई समाप्त पार्न वाम गठबन्धन भएको आरोप लगाउनुभयो
तपाईंको प्रतिकृयाहरू