बिरगंज २ बैशाख । सिन्धुपाल्चोक जिल्लाको बिकट मानिने सुनकोसी गाउपालिका ले पर्सा बारा का हावा हुरि बाट ज्यान गुमाएका हरु का प्रत्येक परिवारलाई सहयोग स्वरुप नगद रु २१५००/ (एक्काइस हजार पाच सय) प्रदान गरेको छ।पर्सा को बिरगंज महानगर पालिका वडा न. १८ सुखचैना मा हावाहुरी बाट ज्यान गुमाएका सरोज राम का परिवारलाई आज एक कार्यक्रम का बीच सो नगद रकम हस्तान्तरण गरिएको हो।पुर्ब सूचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेस का केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत को बिशेष पहल मा आयोजित उक्त कार्यक्रम मा पुर्ब मन्त्री तथा नेपाली कांग्रेस का केन्द्रिय सदस्य फर्मुलाह मन्सुर, नेपाली कांग्रेस पर्सा का सभापति अजय दिवेदी, बारा का पार्टी सभापति जय चन्द चौरसिया,सुनकोशी गाउपालिका अध्यक्ष श्रवण कुमार जि सि, नेपाली कांग्रेस बाके का जिल्ला सदस्य चुडामणिा कडेल, बिरगंज महानगर वडा न १८ का वडा अध्यक्ष ब्रहम्देव प्रसाद यादव, वडा न २१ का बुथ सभापति अनिल श्रीवास्तव, तरुण दल बारा का अध्यक्ष लोकेश सिंह , तरुण दल पर्सा का सचिव बिबेक चौरसिया,क्षेत्रीय अध्यक्ष अनिल यादव, सुनकोशी गाउपालिका का वडा अध्यक्ष रामकुमार थापा लगायत को उपस्थिति रहेको थियो। भोलि बारा जिल्लामा बिहान ८ बजे हावाहुरी बाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिने नेपाल तरुण दल पर्सा का सचिव बिबेक चौरसिया ले जानकारी गराउनु भयो।
तपाईंको प्रतिकृयाहरू