अन्तराष्ट्रिय

पाकिस्तानमा बस दुर्घटनामा २२ को मृत्यु

२४ कार्तिक २०७४, शुक्रबार ०६:२१ मा प्रकाशित

इस्लामाबाद, २३ कात्तिक  ः पाकिस्तानको एट्टोक जिल्लामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । बस सडकबाट खाल्डोमा खसेका कारण २२ को ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । पञ्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान क्षेत्रमा स्थानीय समय अनुसार राती […]


चीनसँगको ‘बढ्दो मित्रत्रा’प्रति ट्रम्पको प्रसंशा

२४ कार्तिक २०७४, शुक्रबार ०६:२० मा प्रकाशित

बेइजिङ, चीन, २३ कात्तिक  ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रसंशा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी भोजमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई ‘टोस्ट’ दिँदै भन्नुभयो, “हामीबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जानेछ ।” […]


क्षेप्यास्त्र आक्रमणप्रति नेपालको निन्दा

२४ कार्तिक २०७४, शुक्रबार ०६:१६ मा प्रकाशित

काठमाडौँ, २३ कात्तिक  ः नेपाल सरकारले सउदी अरेबियाको रियाद विमानस्थलमा बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणबाट दुःखित भएको जनाउँदै त्यसलाई ‘समवेदनाहीन’ भनेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त आक्रमणको घोर निन्दा गरेको छ । विज्ञप्तिमा आतंकवाद र हिंसाका जुनसुकै रुप र प्रकटीकरणको नेपाल सधैँ विरोध गर्दछ भनिएको छ ।


आर्थिक समृद्धिको अभियान नै प्रमुख मुद्दाः नेतृ चौधरी

२४ कार्तिक २०७४, शुक्रबार ०६:०९ मा प्रकाशित

इटहरी, २३ कात्तिक  ः नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले आर्थिक समृद्धिको अभियान नै आफ्नो प्रमुख मुद्दा भएको बताउनुभएको छ । इटहरी उपमहानगरपालिकामा आयोजित चुनावी कोणसभामा उहाँले भन्नुभयो – “ सोहि अभियानअन्तर्गत आफूले लामो समयदेखि पूर्वी तराईका जिल्लामा गरिबी निवारणका लागि लघुवित्त कार्यक्रममार्फत आत्मनिर्भर अभियान सञ्चालन गर्दै आएकी छु ।” सुनसरी निर्वाचन क्षेत्र नं […]


नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।