प्रवास

स्वदेशमा स्थान नपाएपछि भारतमा पढ्दै नेपाली विद्यार्थी

२४ कार्तिक २०७४, शुक्रबार ०६:३९ मा प्रकाशित

नयाँदिल्ली, भारत, २४ कात्तिक ९० ः पानीपतस्थित कुरुक्षेत्र विश्वविद्यालयमा अध्ययनरत सप्तरीका ऋषब झा रहरले भारत आएका होइनन् । स्वदेशमा उच्चशिक्षाको उचित वातावरण नपाएपछि उनी दुई वर्षअघि यता आएका हुन् । सूचना प्रविधिको बजारमा प्रभावकारी मानिने बि–टेक आइटी पढेर स्वयंसेवी काम गरिरहेका झा भन्छन्, “हामीले यहाँ जानेको सीपबाट यतै पसिना बगाएका छौं, नेपाल सरकारले उपयुक्त वातावरण […]


नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।